
काठमाडौं, २४ साउन । सयपत्री हाइड्रोपावरकाे सेयर बाँडफाँड आज बिहान सम्पन्न भएकाे छ । साे सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे एनआईबिएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हाे ।
सेयरमा माग गरेकाेभन्दा बढी आवेदन परेको थियाे । याेग्य छानिएका आवेदनबाट घटिमा १० कित्ताको दरले सेयरकाे बाँडफाँड गरिएकाे हाे । ६७ हजार ५८ आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। याेग्य ठहरिएका आवेदकमध्ये ६ जनाले थप ११/११ कित्ताका दरले सेयर पाउन सफल भएका छन्।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सेयरमा १४ लाख १३ हजार ५७२ आवेदन परेको जनाएकाे छ । तिमध्येमा ८७३ आवेदन अयोग्य मानिएका थिए र सामेल गराइएन । २३१ आवेदन अस्वीकृत भए भने बाँकी १४ लाख १२ हजार ४६८ आवेदन याेग्य ठहरिएका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




