धौलागिरी लघुवित्तकाे सेयरमा ४ लाख बढीकाे आवेदन, पहिलाे दिनमै १५‍‍‌.४७ गुणा माग

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सेयर निष्काशन गरेको पहिलो दिन मंगलबार मागभन्दा १५.४७ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गले ४ लाख १६ हजार १२९ जना आवेदकले ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको ४७ लाख ७१ हजार ८३० कित्ता सेयर माग गरेकाे जनाएकाे छ। यसरी हेर्दा सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे ३ लाख ८ हजार २९५ कित्ता सेयरकाे याे १५.४७ गुणा बढी हाे ।

संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गरेकाे हाे ।

साे सेयरबाट ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि छुट्याइएकाे छ । १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ भने बाँकी रहने ३ लाख ८ हजार २९५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्

संस्थाका अनुसार पहिलो दिनमै मागभन्दा बढी आवेदन पेश भएकाेले साउन २९ गतेसम्म आवेदन पेश गर्न पाइनेछ । लगानीकर्ताले घटिमा १० र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ भने मेरोसेयर वेबपेज र एप्सबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान दिएकाे छ। याे भनेकाे समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने बारे मध्यम जोखिम रहेको भन्ने संकेत हाे ।

लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकाे छ । सेयर वितरण गरेपछि चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्ने भएकाे छ सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।