बरुण हाइड्रोले भदौ ६ गतेदेखि हकप्रद सेयर बिक्रीमा ल्याउने

-



     सफल आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन। बरुण हाइड्रोपावर कम्पनीकाे २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागिएकाे छ। कम्पनीले भदौ ६ गतेदेखि १ः१ काे रेसियाेमा हकप्रद सेयर बिक्रीमा ल्याउने भएकाे हाे।

कम्पनीकाे प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यकाे २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गरिने भएकाे हो । यसैकाे प्रयाेजनकाे लागि कम्पनीले साउन २ गते बुक क्लोज गरेकाे थियाे।

लगानीका लागि सेयरधनीहरु साउन १ गतेसम्म कायम भएकाे हुनुपर्ने छ। साे मितिसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिनका लागि याेग्य मानिनेछन्। 

कम्पनीकाे हकप्रद सेयरमा सेयरधनीहरुले भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यसका लागि आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरुबाट आवेदन पेश गर्न सकिनेछ।

यस्तै मेरो सेयरकाे वेबपेज र एप्सबाट आवेदन दिन पाइनेछ। बरुण हाइड्रोपावरकाे हकप्रद सेयरकाे बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङले रहेकाे छ ।