
काठमाडौं, २५ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । नेप्सेमा दोहोराे अंकको गिरावट भएको छ भने कारोबार रकमा पनि निकै कमि आएको छ । आजको कारोबार रकम २ अर्ब नाघ्न सकेन । उता लगानीकर्ताहरुले भने सेयर बजारकाे उपयुक्त सकारात्मक लय पर्खिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५.११ अंकले अंकले बढेर २०५७.६८ विन्दुमा झरेको छ । नेप्सेमा ०.२५ प्रतिशतले गिरावट भएको हो । सेन्सेटिभ इण्डेक्स १.६९ अंकले घटेर ३९५.७४ विन्दुमा रहेको छ ।

यसदिन कुल २१८ कम्पनीको सेयर कारोबार भएको छ । ४६ लाख ४० हजार ८४४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ९३ कराेड ५५ लाख २० हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये दुईवटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । उत्पादनतर्फ २७.१ अंकले र लगानी उपसमूहतर्फ ०.४७ अंकले बढेको छ । बाँकी ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि नागरिक लगानी कोषको कारोबार भएको छ । कोषको १० करोड ६८ लाख ७९ हजार ४६७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ३०३ रूपैयाँ ३० पैसा पुगेकाे छ। हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।
सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ४ सय ५९ रूपैयाँ ५० पैसामा झरेकाे छ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्सको सेयर कारोबार मर्जर भइ राेकिएकाेमा आजबाट पुन: काराेबार शुरु भएकाे हाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




