ओरालो लाग्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९७ हजार १०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार १०० रुपैयाँ कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।