नेप्सेको वेबसाइट ह्याक गर्ने प्रयास, कानूनी कारबाहीमा जान सक्ने संस्थाको चेतावनी

-



     सफल आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ साउन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को आधिकारिक वेबपेजमा आज अनधिकृत पहुँचको प्रयास भएको छ । नेप्सेको कारोबार सम्बन्धी विवरणमा अनधिकृत तरिकाले पहुँचको प्रयास भएपछि संस्थाले यस्तो कार्य नगर्न नगराउन चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

संस्थाको www.nepalstock.com.np तथा www.nepalstock.com बाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणको डाटा तान्ने प्रयास भएको र ती वेबसाइटमा कारोबारको विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रूपमा अत्यधिक बढेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीजे जानकारी दिए ।

‘आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने सम्बन्धित सबैलाई सूचित गरिन्छ’, सूचनामा उल्लेख छ ।