मानुषी लघुवित्तकाे खुद नाफामा १०१.९२ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार साे नाफा भएकाे देखिएकाे छ।

संस्थाले कमाएकाे २ करोड ४० लाख रुपैयाँ खुद नाफा अघिल्लो वर्षको तुलनामा १०१.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो। 

समीक्षा अवधिमा संस्थाले ९ करोड ७४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष संस्थाले १ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लाे वर्षकाे नाफामा यसपटक रु १ कराेड २१ लाख थपिएकाे छ ।

संस्थाले ९ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। याे अघिल्लो वर्ष ७ करोड ५८ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानीमा २४.०५ प्रतिशतले बढेको पाइएकाे छ। 

मानुषीकाे ६० करोड २९ लाख रुपैयाँ सापटी रहेकाे छ । कर्जामा रु १ अर्ब ५५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। जगेडामा ९०.३१ प्रतिशतले बढेर ६ करोड ४९ लाख रुपैयाँ भएकाे छ। अघिल्लो वर्ष जगेडामा रु ३ करोड ४१ लाख थियो। 

चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको मानुषी लघुवित्तकाे ईपीएस २१.९८ रुपैयाँ रहेकाे छ । यस्तै पीई अनुपात ४५.६० गुणा र नेटवर्थ १५९.४३ रुपैयाँ रहेको छ।