
काठमाडौं, २७ साउन । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार संस्थाले साे नाफा कमाएकाे हाे ।
अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६१ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे । जाे १३.०९% धेरै हो । असार महिनाकाे अन्त्यसम्म संस्थाकाे खुद ब्याज आम्दानी १४.९०% ले बढेको देखिएकाे छ ।
संस्थाकाे सञ्चालन मुनाफा १४.६१% ले बढेको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा भएकाे बृद्धिसंगै खुद नाफामा बृद्धि भएकाे हाे भने रु १४ करोड ७१ लाख राइट ब्याक भएकाे छ । संस्थाकाे निक्षेप संकलन र कर्जा लगानीमा सुधार देखिएकाे छ ।
चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा काेषमा २८.८९% ले बृद्धि भएकाे छ । याे रु २ अर्ब २५ करोड ४० लाख रुपैयाँ पुगेकाे छ । खराब कर्जा रेसियाे ४.३८% बाट घटेर २.९०% मा झरेकाे छ । इपिएस आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ भने नेटवर्थ ३० रुपैयाँ ८७ पैसा रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




