
काठमाडौं, २८ साउन । अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयर साउन ३० गते बाँडफाँड हुने भएकाे छ । संस्थाले साउन १८ गतेदेखि साउन २२ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन तथा बिक्रीमा ल्याएकाे थियाे ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरिएकाे थियाे । जसबाट ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १२ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याइएकाे छ । बाँकी रहने ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि बाँडफाँड हुनेछ ।
अभियान लघुवित्तकाे सेयरमा २० लाख ४३ हजार २० जनाले आवेदन पेश गरेका थिए । उनीहरुले २ करोड ३१ लाख १६ हजार ९० कित्ता माग गरेका हुन् ।
संस्थाले माग गरेकाेभन्दा बढी सेयरमा आवेदन परेकाेले गाेलाप्रथाद्वारा बाँडफाँड गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएकाे छ । ९१ हजार ३७५ जनाकाे हातमा सेयर हुने भने बाँकी १९ लाख ५१ हजार ६४५ जनाको हात रित्तै हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




