सूर्या लाइफकाे खुद बीमाशुल्क आम्दानी ४ अर्ब १४ करोड

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ साउन । सूर्या लाइफ इन्स्योरेन्सले ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीकाे सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यो अघिल्लो आर्थिक वर्षकोभन्दा १८.६८ प्रतिशतले बढी हाे ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कर्जा लगानी र अन्य गरेर १ अर्ब ५३ लाख रुपैयाँ आम्दानी गरेकाे छ । बीमालेख धितोबाट १ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेर १४ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको देखिएकाे छ ।

कम्पनीको खुद नाफा ३३.७४ प्रतिशतले घटेर १३ करोड ४५ लाख रुपैयाँ रहेकाे छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० करोड ४२ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

हाल सूर्या लाइफकाे चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । जगेडामा ६६ करोड ५६ लाख रुपैयाँ रहेकाे छ भने बीमा कोषमा १४ अर्ब ९४ लाख रुपैयाँ रहेकाे छ । विपद् काेषमा १६ करोड ७ लाख रुपैयाँ रहेकाे छ ।

कम्पनीको इपीएस आम्दानी ५ रुपैयाँ २८ पैसा रहेकाे छ । नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा तथा मूल्य आम्दानी रेसियाे ७३.३६ गुणा रहेको छ ।