
काठमाडौं, २९ साउन । ङादी ग्रुप पावर लिमिटेडको नाफा गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म उल्लेख्य रुपमा घटेको छ । कम्पनीको हालै प्रकाशित उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ३५.१९ प्रतिशतले कमी आएको हो ।
समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ६१ लाख ४५ हजार ६३० रुपैयाँ नाफा आर्जन गरेको जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ३५.१९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ७४ लाख ८८ हजार १७० रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।
विवरण अनुसार कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट आम्दानी बढाउन सफल भएको छ भने गैर सञ्चालन आम्दानी भने घटेका कारण खुद नाफामा उल्लेख्य कमी आएको देखिन्छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ४४.४५ प्रतिशत आम्दानी बढाएर १२ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ करोड ८३ लाख रुपैयाँ मात्र थियो ।
यसैगरी कम्पनीको कुल नाफा यो अवधिमा ५०.०२ प्रतिशत बढेको तथा गैर सञ्चालन आम्दानी ३२.४९ प्रतिशत घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा कुलन नाफा ७ करोड २३ लाख भएकामा गत आर्थिक वर्षसम्म आइपुग्दा बढेर १० करोड ८४ लाख पुगेको छ ।
यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ९.१७ रुपैयाँ घटेर १०.७७ रुपैयाँमा आइपुगेको छ। यतै कम्पनीको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो २७.५७ गुणा रहेको र प्रति सेयर नेटवर्थ १११.८० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



