
पोखरा, २९ साउन ।कास्की पोखरा हस्तकला संघको १२औं साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ । महिलालाई आर्थिक रुपमा मजबुत बनाउन सिप सिकाई, महिलालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन र सिपको हस्तान्तरण गराउने लक्ष्यकासाथ संस्था २०६७ सालमा स्थापना भएको थियो ।
संस्थालाई विभिन्न कठिनाईका बावजुद यहाँसम्म ल्याउन सो समयमा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष हिरा भट्टराई, वर्तमान अध्यक्ष रामकली खड्का, उपाध्यक्ष सीता गुरुङ, महेन्द्र कतिला, गोमा ढकाल, बुद्धि पूर्जा र केही समयपछि जोडिएकि उषा बरुवाल लगायतको अथक मेहनत र पसिना बगेको छ ।
कार्यक्रममा सहभागिलाई स्वागत गर्दै संघकि उपाध्यक्ष तथा स्वस्तिक हस्तकला उद्योग बगर १ की प्रमुख सीता गुरुङले संस्था स्थापना भएको १२ वर्षसम्म आउँदा महिला उद्यमीले गरिरहेको उद्याेगमा नयाँ नयाँ के गर्न सकिन्छ त्यतातिर ध्यान दिन आवश्यक भएको बताईन ।
सिप भनेको कुरा अरुलाई पनि सिकाउने हो र अरुले सिर्जना गरेको नयाँ कुरा आफुले पनि सिक्ने हो । उपाध्यक्ष गुरुङले भनिन्, हामीले सरल तवरले हस्तकलाका कच्चा पदार्थ पाउन सकेका छैनौं । उत्पादित वस्तुको वाजारिकरणको समस्या भएकोले सबै उद्यमी एक भएर यसका बारेमा शिक्षित पनि हुने, दिक्षा लिने र अरुलाई पनि दिक्षित गराउने मार्गमा जानुपर्छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महागरपालिका वडा नं १७ का वडाध्यक्ष राधिका योगीले महिलालाई आर्थिक हिसाबले मजबुत बनाउने लक्ष्य लिएर खोलिएको पोखरा हस्तकला संघ धेरै महिला दिदिबहिनीको लागि रोलमोडल बनेको बताईन् ।
उनले दर्तामा आएका र नआएका सबै महिला उद्यमीलाई एकिकृत गरेर बार्षिक कार्ययोजना बनाएर वडामा आउन आग्रह गरिन् । उनले महिला सिपका लागि वडाले गर्नसक्ने ठाउँमा वडा सहयोगि बन्न तयार रहेको बताईन । महानगर वा प्रदेश सरकारका पनि महिला लक्षित कार्यक्रम भएकोले पुग्नुपर्ने ठाउँमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

बजारमा रेडिमेड आयातित बस्तुको मूल्य सस्तो हुने र हाम्रो हस्तकलाबाट उत्पादन भएका सामग्री मसिनमा बनाइएकोभन्दा केहि महंगो भएको विषयलाई बुझाउन र बजार व्यवस्थापनमा चूनौती रहेको बताईन । उनले भनिन्, अब यस खालको चूनौतीलाई कसरी सामना गर्ने भन्ने बारेमा पनि गम्भिर हुनुपर्छ ।
संघको संस्थापक तथा निवर्तमान अध्यक्ष हिरा भट्टराईले महिलालाई आफ्नै खुट्टामा उभिन, आफ्नो खर्च आफैं जुटान सक्षम् बनाउने उदेश्यले संघ स्थापना गरिएको बताईन । हामीले धेरै दिदि बहिनीलाई आत्मनिर्भर हुने यस बाटोमा लाग्न प्रेरित गरेको कारण धेरै महिला दिदि बहिनीहरु अहिले स्वरोजगार बनेका र रााष्ट्रिय पुरस्कार पाउन पनि सफल भएको स्मरण गरिन् ।

कार्यक्रममा सचिव बुद्धि पूर्जाले सचिवको प्रतिवेदन, कोषाध्यक्ष गोमा ढकालले कार्थिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा प्रमुख अतिथि वडा नं १७ का वडाध्यक्ष राधिका योगीले संघका आवद्धता जानाएका ३२ जना महिला उद्यमीलाई सदस्यता प्रमाण पत्र वितरण गरेकि थिईन । साे अवसरमा संघकाे तर्फबाट अध्यक्ष रामकली खड्काले प्रमुख अतिथि याेगीलाई मायाकाे चीनाे हातले बुनेकाे ब्याग प्रदान गरेकि थिइन ।
कार्यक्रमको अध्यक्षता गरेकि अध्यक्ष रामकली खड्काले पोखरामा हस्तकलाको संभावना बढी भएकोले नेपाल सरकारको लगानीमा बृद्धि हुनुपर्ने बताईन् । पर्यटकीय नगर भएकोले विभिन्न स्थानमा हस्तकलाका सामग्रीको विक्री कक्ष आवश्यक भएकोले सरकारलाई समन्वय गरिदिन आग्रह गरिन् ।

हाम्रो उत्पादनलाई विदेश निर्यात गर्न आवश्यक छ । संघ स्थापनाको उदेश्य पनि हस्तकला उद्यमीहरुको पहिचान गरेर एकत्रित गर्दै समस्या समाधान र सहयोग गर्नु पनि भएको उनले बताईन् । कोभिड १९ काे समस्याबाट पिडित उद्यमीका बारेमा सरकारसंग सहयोगको लागि भाग गरिएकाे उनले बताइन । कार्यक्रमको संचालन सचिव बुद्धि पूर्जाले गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




