
काठमाडौं, ३१ साउन । राष्ट्रिय बीमा कम्पनीले रु ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । याे नाफा अघिल्लाे वर्षकाे तुलनामा ३१.४१ प्रतिशतले बढी हाे ।
कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको साेहि अवधिकोभन्दा ३१.४१ प्रतिशतले बढी भएकाे हाे। अघिल्लो आर्थिक वर्षमा कम्पनीकाे खुद नाफा रु ३६ करोड ३ लाख रहेकाे थियाे ।
कम्पनीको खुद बीमाशुल्क ५२.१५ प्रतिशतले बढेकाे छ । जाे बढेर रु ३४ करोड ५३ लाख रुपैयाँ भएकाे छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क उठाएकाे थियो ।
कम्पनीले पुनर्बीमा कमिशनबाट रु २६ करोड ४ लाख, कर्जामा लगानी र अन्य आयबाट १६ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
हाल कम्पनीको चुक्ता पूँजी रु २६ करोड ६६ लाख रहेको छ । जगेडा कोषमा ३ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ रहेकाे छ भने बीमा कोषमा रु २ अर्ब ६६ करोड ५९ लाख रहेकाे छ ।
ईपिएस आम्दानी १७७ रुपैयाँ ५८ पैसा रहेकाे छ । नेटवर्थ १३६९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी रेसियाे ७५.४६ गुणा पाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




