
काठमाडौं, १ भदाै । मन्दाकिनी हाइड्रोपावरकाे सेयर भदाै १ गते आजबाट दोस्रो बजारमा कारोबारमा आउदैछ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार सेयर सूचीकृत भएपछि आजबाट दाेश्राे बजारमा काराेबारमा आउने बाटाे खुलेकाे हाे ।
अहिलेसम्मकाे चलन अनुसार सेयर नेप्सेमा सूचीकरणमा परेकाे भाेलिपल्टबाट दाेश्राे बजारमा सेयर काराेबारमा आउने गरेकाेले मन्दाकिनी हाइड्राेकाे सेयर पनि काराेबारमा आउने भएकाे हाे। कम्पनीकाे ५८ लाख ८० हजार ३६९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ ।
पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँभित्र रहेर हुनेछ । जसकाे संकेत एमएचएल रहेकाे छ । यसैमा कारोबार खुला हुने भएकाे हाे।
सूचीकृत सेयरमा स्थानीयको ५ लाख ८८ हजार ३७ कित्ता, सर्वसाधारणको ११ लाख ७६ हजार ७३ कित्ता र संस्थापक तर्फकाे ४१ लाख १६ हजार २५९ कित्ता रहेका छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




