‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ का लागि आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ भदाै । रु २ अर्बको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ का लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। एभरेष्ट बैंक लिमिटेडले निष्काशन तथा बिक्रीका ल्याएकाे वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे ऋणपत्रमा साउन १८ गतेदेखि आवेदन माग गरिएकाे थियाे । यसकाे अवधि ६ वर्षका लागि रहेकाे छ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकाे हाे । यसमा २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

बाँकी रहने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत किसिमले वितरण गरिने बैंकले जानकारी दिएकाे छ। सर्वसाधारणतर्फकाे ऋणपत्रबाट ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएकाे छ।

ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा २५ तथा बढिमा सबै कित्ता माग गर्न सक्नेछन् । यसका लागि सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाइनेछ ।

क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे वित्तीय दायित्वलाई समयमा नै बहन गर्नका लागि सुरक्षित रहेको संकेत हाे ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।