०.३६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियाे

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ भदौ । भदौ महिनाको पहिलो कारोबारको दिनमा पनि सेयर बजारले उल्लासमय गति लिन सकेन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयरबजार झिनो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक झिनो ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ०.०२ प्रतिशितले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२८ अंकले बढेर ३९४.६७ विन्दुमा पुगेको छ ।

७ उपसमूहहरुमा हरियो लागेको भए पनि कारोबार रकममा उल्लेखनिय बढोत्तरी हुन सकेन । अाज ६ वटा उपसमूहरुमा रातो लागेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा निकै खुक्चिएको छ ।

बैंकहरुले भदौमा महिनामा ब्याज नबढाउने बताएकाे भएपनि बजार सकारात्मक बटोमा जान सकेको छैन । यहिबीचमा बैंकहरुले आकर्षक बैंकिङ योजनाहरु र त्यसको लाभको प्रतिफल प्राप्तिको योजनालाई सार्वजनिक गरिरहेका छन् । यता लगानीकर्ताहरु भने अझैं अलमलमा परिरहेका छन् ।

कुल २२० कम्पनीहरुको सेयर कारोबार भएको छ । ३४ लाख ९७ हजार ८८१ कित्ता सेयरको कारोबारबाट १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन यो कारोबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१३ उपसमूहरुमध्ये ६ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, अन्य, जीवन बीमा र लगानी उपसमूहको सेयर घटेको हो ।

७ उपसमूहहरुमा भने हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । विकास बैंकतर्फ २२.३२ अंकले बढेको छ । हाइड्रोपावरतर्फ १६.३२ अंकले, फाइनान्सतर्फ ७.८९ अंकले, नीर्जिवन बीमातर्फ ३३.०८ अंकले, उत्पादनतर्फ २.५२ अंकले, माइक्रोफाइनान्सतर्फ ३.०९ अंकले र म्युचुअल फण्डतर्फ ०.०५ अंकले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

श्वेत गंगाा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २९५.६० रुपैयाँ पुगेको छ । तर साम्लिङ पावर कम्पनीको सेयरमूल्य धेरै घटेको छ । सेयरमूल्य ५.१४ प्रतिशतले घटेर ५३१.२० रूपैयाँ कायम भएकाे छ ।