अब सामाजिक सुरक्षा कोषबाट पनि सापटी पाइने

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ भदौ ।  सामाजिक सुरक्षा कोष (एसएसएफ) ले विशेष सापटी सेवा सुरु गरेको छ । एसएसएफमा आवद्ध सेवाग्राहीले आफ्नो योगदानको आधारमा विशेष सापटी लिन सक्ने कोषले जनाएको छ । 

कोषका अनुसार कोषमा आवद्ध कुनै पनि सेवाग्राहीले आफूले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म सापटी लिन सक्नेछन् । यो सापटी लिनका लागि ३६ महिनासम्म कोषमा योगदान गरेको हुनुपर्ने प्रावधान राखिएको छ । सामाजिक सुरक्षा कोषबाट घर सापटी, शिक्षा सापटी र सामाजिक सापटी गरी तीन प्रकारका सापटी लिन सकिने व्यवस्था छ ।

यसैगरी कोषले अवकाश कोषको रकम पनि प्रदान गर्न सुरु गरेको छ। विशेष सापटी योजना र सामाजिक सुरक्षा कोषको मोबाइल एप सुरु गर्ने क्रममा श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले एसएसएफलाई पूर्ण रुपमा प्रविधिमा रुपान्तरण गरिएको बताए।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले कोषको रकम प्रयोग नभएको गुनासो रहेकामा अब परिचालन हुने बताए । उनले कोषले नयाँ योजना पनि ल्याउने तयारी गरेको जानकारी दिए ।