
काठमाडौं, २ भदौ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । यसरी नेप्सेमा छाएको हरियाली वातावरणले अब बजार ठिक दिशातिर हुँईकिने अपेक्षा गरिएको छ । नेप्से परिसूचकसंगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३६ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ५.४१ अंकले बढेर ४००.०८ विन्दुमा पुगेको छ ।
कुल २२० कम्पनीको सेयर कारोबार भएको छ । ५१ लाख १ हजार २९० कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५७ करोड ९ लाख ८० हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरु सबैमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । बैंकिङतर्फ ७.६१ अंकले बढेको छ । व्यापारतर्फ २२ अंकले, हाृेटल तथा पर्यटनतर्फ ७.८४ अंकले र विकास बैंकतर्फ ११७ अंकले बढेको छ ।
यस्तै हाइड्रोतर्फ ७१.२७ अंकले बढेको छ । फाइनान्सतर्फ ५३.९३ अंकले, नीर्जिवन बीमातर्फ ५६.५ अंकले, उत्पादनतर्फ ५३.२ अंकले, अन्यतर्फ ३४.४३ अंकले, माइक्रोफाइनान्सतर्फ ६१.४१ अंकले बढेको छ ।

जीवन बीमातर्फ ५२.३१ अंकले, म्युचुअल फण्डतर्फ ०.०५ अंकले र लगानी उपसमूहतर्फ ६७.९२ अंकले बढेको छ । कारोबारको आधारमा आज पनि सबैभन्दा बढी रिडी पवार कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८५५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
श्वेत गंगाा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी तिन वटै कम्पनीकाे अघिल्लाे दिनबा दोस्रो बजारमा कारोबार शुरु भएकाे थियाे । सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको सेयरमूल्य ३.२८ प्रतिशतले घटेर १ हजार ४१५ रूपैयाँमा भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




