घट्यो सुनचाँदी दुबैको भाउ, कति पर्छ तोलाको ?

-



     सफल आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ भदौ । लगातार सुनचाँदीको भाउमा गिरावट आएको छ । साताको सुनचाँदीको कारोबार हुने छैंटौं दिन शुक्रबार नेपाली बजारमा सुनकाे भाउ रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन रुपैयाँ ४०० ले घटेर तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले गिरावट भई तोलाको तोलाको ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भइ तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।