मानुषि लघुवित्तमा रोजगारीको अवसर

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ भदौ । काभ्रेको बनेपा-१३ भैंसेपाटीमा केन्द्रीय कार्यालय रहेको मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडमा कनिष्ठ सहायक पदमा जागिर खुलेको छ । सहायक श्रेणीको कनिष्ठ सहायक प्रशिक्षार्थी तहमा केही सङ्ख्यामा कर्मचारी नियुक्त गर्नुपर्ने भएकाले सूचना जारी गरिएको लघुवित्तले जनाएको छ ।

गत भदौ ३ गते शुक्रबार सूचना प्रकाशित गरी कम्पनीले १५ दिनभित्र आवेदन दिन आग्रह गर्दै छोटो सूचीमा परेकाहरुलाई अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने बताएको छ । यसका लागि उमेरको हद पुरुषका लागि १८ वर्ष पूरार भई ३५ वर्ष ननाघेको हुनुपर्ने तथा महिलाका हकमा भने १८ वर्ष पूरा भई ४० वर्षसम्म हुनसक्ने उल्लेख गरेको छ।