
काठमाडौं, ५ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालो लागेको छ । बजार बन्द हुनु अघिको समयमा केहिबेर अडिएको भएपनि बन्द हुँदाको अवस्थामा आउँदा नेप्सेमा दोहोरो अंकको गिरावट भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.७६ अंकले घटेर २०६०.५१ विन्दुमा झरेको छ । नेप्सेमा ०.३८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४९ अंकले घटेर ३९८.५८ विन्दुमा झरेको छ।
यसदिन कारोबारमा उल्लेखनिय प्रगति नभए पनि २ अर्ब भने नाघेको छ। ४ वटा उपसमूहमा मात्रै हरियो लागेको छ । नेप्सेमा भईरहेको करेक्सनले लगानीकर्ताको मनोबल घटाएको छ।

यसदिन कुल २१८ कम्पनीको सेयर कारोबार भएको छ । ५३ लाख ३९ हजार ४ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये चार उपमसूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ९ वटा उपसमूहरमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १२ करोड २८ लाख ५० हजार ९६८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढेकाे छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ३१५.८० रुपैयाँ पुगेको छ । रिभर फल्स पावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेर २९२ रूपैयाँ भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




