
काठमाडौं, ६ भदाै। बरुण हाइड्रोपावरले आजबाट २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेकाे छ। कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ काे रेसियाेमा हकप्रद सेयर जारि गरेकाे हो।
कम्पनीले रु १०० रुपैयाँ अंकित दरकाे २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गरेकाे हो।
हकप्रद सेयर निष्काशनकाे प्रयाेजनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा साउन १ गतेसम्म काराेबार गरी कायम भएका सेयरधनीहरु मात्रै आवेदन दिनका लागि याेग्य मानिने छन्।
हकप्रद सेयरका लागि भदौ २६ गतेसम्म म्याद ताेकिएकाे छ । लगानीकर्ताले आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंक र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै सेबाेनबाट सिआश्वा स्वीकृति पाएका बैंक, वित्तीय संस्था र मेरोसेयर वेब पेज तथा एप्सबाट आवेदन दिन पाउनेछन्।
बरुण हाइड्रोपावरकाे चुक्ता पूँजी हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि याे ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे वित्तीय दायित्व पुरा गर्नका लागि मध्यम जोखिमकाे संकेत भन्ने हाे । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




