
काठमाडौं, ६ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयरबजार नकारात्मक लयमा गएको छ । म्युचुअल फण्ड बाहेक १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । यसदिन कारोबार रकममा पनि कमि आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.४७ अंकले घटेर ३९७.११ विन्दुमा पुगेको छ ।

कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ५२ लाख ३० हजार ७६३ कित्ता सेयरको खरिदबिक्री भयाे भने यसबाट १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपममूहहरुमध्ये म्युचुअल फण्ड बाहेक सबैमा रातो लागेको छ । सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएकाे छ । कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३२६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको हाे ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर २७३ रुपैयाँ पुगेको छ। NIBL समृद्धि फण्ड-२को सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। सेयरमूल्य ६.७५ प्रतिशतले घटेर ७.७४ रुपैयाँ हुन पुग्याे।
यस्तै दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य ५.२४ प्रतिशतले घटेर ३६०.१० रुपैयाँ कायम भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




