
काठमाडौं, ७ भदौ । सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ अझै ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाल सुनमा रुपैयाँ २०० ले गिरावट भई तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले घटेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ताेलाकाे ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन सेतो धातु चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




