१.०५ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम खुम्चियो

-



     सफल आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सामान्य सुधारको संकेत देखा परेको छ । नेप्सेमा यसदिन दोहोरो अंकको बृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.०५ अंकले बढेर २०५४.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेको छ ।

कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ४० लाख ३१ हजार २५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ७ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको १४ करोड २१ लाख ८९ हजार ७३७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

तीनवटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  रूरू जलविद्युत परियाेजना, मन्दाकिनी हाइड्राेपावर र अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । सिद्धार्थ इक्विटी फण्डकाे मूल्य ६.८८ प्रतिशतले घटेर ८ रूपैयाँ ९४ पैसामा झरेकाे छ ।