धौलागिरी लघुवित्तकाे सेयर बाँडफाँड आज बिहान १० बजे हुँदै

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ भदाै । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर बाँडफाँड आज बिहान १० बजेदेखि हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले सेयर काठमाडौं कमलपोखरीस्थित कार्यालयमा बाँडफाँड हुने जानकारी गराएकाे छ ।

धौलागिरी लघुवित्तको सेयरमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । लगानीकर्ताहरुले कम्पनीले निष्काशन गरेकाे सेयर संख्याबाट आवेदकले चाहेकाे जति सेयर पाउने छैनन् । साे सेयर गोलाप्रथाबाट १० कित्ताकाे हिसाबले बाँडफाँड गर्न लागिएकाे छ । 

सेयर बाँडफाँडकाे क्रममा १९ लाख २१ हजार ५३१ जना आवेदक रित्तै फर्किनेछन् । ३० हजार ९२९ जनाकाे भागमा १० कित्ताकाे हिसाबले सेयर पर्नेछ ।

सेयरमा १९ लाख ५२ हजार ४६० जना आवेदककाे २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन परेकाे थियाे । संस्थाले साउन २४ गतेदेखि २९ गतेसम्म ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर जारि गरेकाे थियो । 

साे सेयरबाट १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषका रहेकाे छ । ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

कियर नेपालले लघुवित्तको सेयरमा ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ दिएकाे छ । याे भनेकाे कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमता मध्यम जोखिममा रहेकाे जनाउँछ ।