
काठमाडौं, ८ भदाै । खप्तड लघुवित्त वित्तीय संस्थाले आजदेखि १ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सेयर जारि गरेकाे हो।
प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर बिक्रीमा ल्याइएकाे हाे । लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन पाउनेछन्।
ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन पेश नभएमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ। लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
सेयरमा लगानी चाहने लगानीकर्ताले सिआस्वा सदस्य रहेकाे बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरोसेयर वेबपेज र एप्सबाट पनि आवेदन दिन पाउनेछन्।
लघुवित्तलाई केयर रेटिङ्गस नेपालले केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने बारेमा मध्यम जोखिम रहेको भन्ने हुन्छ ।
लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहकाेमा सेयर वितरपछि ४ करोड रुपैयाँ पुग्ने भएकाे छ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




