लाभांश पारित गर्न एनआइसी एसिया क्यापिटलको साधारण सभा

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ भदाै। एनआइसी एसिया क्यापिटलको आज वार्षिक साधारण सभा हुँदैछ। साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेदेखि बसिरहेकाे छ।

सभाबाट सञ्चालक समितिद्वारा प्रस्ताव गरिएकाे ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिने भएकाे छ । याे चुक्ता पूँजीको ५५ प्रतिशतका दरले हुन आउने रकम हाे ।

यस्तै सभाबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षककाे प्रतिवेदन, क्यापिटलकाे वित्तीय विवरण लगायतका एजेन्डामा छलफल गरी पारित गरिदैछ ।

यस्तै सभाले आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक पनि तोक्ने भएकाे छ ।