
काठमाडौं, ८ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार भदाै ८ गते आज नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ ।
कारोबारमा साढे १ अर्बको आकडा देखिए पनि उल्लेखनिय प्रगति हुन आगामी दिनहरुलाई कुर्नै पर्ने भएको छ। १३ उपसमूहहरुमध्य ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ६ वटा उपसमूहहरुमा रातो लागेको छ। उनीहरुको सेयर घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३९८.२९ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । ३६ लाख ७८ हजार ७०५ कित्ता सेयरको कारोबारबाट १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ७ वटामा हरियो लागेको छ । उनहिरुको सेयरमूल्य बढेको छ । बाँकी ६ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख ६६ हजार २६९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

२ वटा कम्पनी मन्दाकिनी हाइड्राेपावर र अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सिद्धार्थ इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेर ८ रूपैयाँ ६२ पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




