सनराइज बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ८ भदाै । सनराइज बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएकाे छ। संस्थाले यसका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनमा अनुमतिका लागि निवेदन पेश गरेकाे छ ।

सेबाेनबाट ऋणपत्र निष्काशनकाे अनुमति पाएपछि बैंकले सर्वसाधारणका लागि २ अर्ब बराबरकाे साे ऋणपत्र निष्काशन गर्ने भएकाे छ। यसकाे अविध १० वर्षकाे रहेकाे छ ।

बैंकले रू १ हजार अंकित मूल्यकाे २० लाख इकाइकाे ‘सनराइज डिबेन्चर २०८९’ निष्काशन गर्नेछ। त्यसबाट १२ लाख इकाइ व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । बाँकी रहने ८ लाख इकाइ सर्वसाधारणका लागि रहेकाे छ । ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याज रहेकाे छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।