एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५५ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ८ भदाै। एनआईसी एशिया क्यापिटलको आज सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५५ प्रतिशतले हुन आउने रु. ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

क्यापिटलको थापाथलीमा रहेकाे रजिस्टर्ड कार्यालयमा भएको साधारण सभाबाट आव २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन,गत असार मिहनासम्मको वासलात, नाफा नोक्सानकाे हिसाब, वित्तीय विवरण, नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिएकाे छ।  

क्यापिटलले आव २०७८–७९ मा रु. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरेकाे, इपीएस आम्दानी रु. ६०.३९ रहि चालु मर्चेण्ट बैंकहरुमा खुद मुनाफा कमाउने पहिलो स्थानमा रहन सफल भएको क्यापिटलका अध्यक्ष कपिल ढकालले बताए ।

क्यापिटल स्थापना भएको साडे ५ वर्षमै ६ लाख डिम्याट खाता खोल्न पहिलाे भएकाे छ । ५ म्युचुअल फन्ड तथा व्यवस्थापनमा तथा ५७३ ग्राहकबाट रु. १ अर्ब ६७ करोड रकम संकलन गरी तेस्रो स्थानमा रहेकाे ढकालले जानकारी गराए ।

क्यापिटल सञ्चालन भएकाे ५ वर्ष ४ महिना पुगेकाे छ । कम्पनीले सेयरधनीलाई १४१ प्रतिशत नाफा दिन सक्षम् देखिएकाे छ। क्यापिटलले सेवालाइ व्यवस्थापन अत्याधुनिक प्रणालीकाे उपभाेगकाे नीति अनुसार अनलाइन सेवालाइ चुस्त दुरूस्त बनाएकाे छ ।

क्यापिटलका अनुसार सेवाहरुलाई पहुँचयुक्त बनाउन र छिटो सेवा दिनका लागि काठमाडाैं, कीर्तिपुर, चाबहिल र अनामनगरमा शाखा कार्यालय बिस्तार गरी सेवा पुर्याइरहेकाे छ।