नेप्सेकाे ओरालाे यात्रा कायमै, कारोबार १ अर्ब २९ करोडमा सीमित

-



     सफल आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० भदौ । साताको अन्तिम कारोबार हुने दिन शुक्रबार पनि नेपाली सेयर बजारले ओरालाेको यात्रा तय गरेको छ । जीवन बीमा उपसमूहबाहेक सबैमा रातो लागेको छ ।

यसदिन कारोबार रकममा पनि निकैं गिरावट भएको छ । नेप्सेको उधों गतिमा अगाडी बढेको यात्राबाट लागनीकर्ताहरु थाकिसकेका छन् । उनीहरुको मनोबल बढ्न सकेको छैन ।

अझैं पनि लागनीकर्ताहरुको लागि सेयर बजारको माहोल पर्ख र हेरको स्थितिमा रहेको छ । न त यसले उत्साह जगाउन सकेको छ न आत्मबल बढाउन सकेको छ । यही स्थिति रहिरहे पूँजी बजारबाट काहिर आउनुको बिकल्प पनि नआउला भन्न सकिन्न ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७७ अंकले घटेर ३९१.७४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१३ कम्पनीको सेयर कारोबार भएको छ । ३५ लाख ८८ हजार ८३३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये जीवन बीमा बाहेक सबैको रातो लागेको छ । उनीहरु सबैको सेयरमूल्य घटेको छ । एक मात्र जीवन बीमा उपसमूहको ३४.११ अंकले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५४६ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

लाइफ इन्स्याेरेन्स कर्पाेरेशनकाे सेयरमूल्य सबैभन्दा ५.९५ प्रतिशतले बढेर एक हजार ४ सय ४५ रूपैयाँ पुगेकाे छ । हाइड्राे इलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीकाे संस्थापक सेयरमूल्य सबैभन्दा ८.२३ प्रतिशतले घटेर १०३ रूपैयाँ ७० पैसा कायम भएकाे छ ।