
पोखरा, १० भदौ । पोखराको ड्यामसाइडमा ५ जना युवा व्यवसायीहरुले १ करोडको लगानीमा नेवाः दरबार रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।
वीरेन्द्र श्रेष्ठ, अर्जुनप्रसाद मैनाली, परशुराम चौधरी, नरेश महर्जन र फेसल रफर मिलेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा नेवारी परिकारका अलावा कास्मिरी खानाका परिकारहरु पाइन्छन् ।
काठमाडौंमा पाइने नेवारी टेस्ट पोखरामै उपलब्ध गराउने उद्देश्यले आफूहरुले रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । न्युनतम मूल्यमा स्वाथ्यवद्र्धक खाना उपलब्ध गराइने उनीहरुको दाबी छ ।
रेष्टुरेन्टमा एकपटकमा १ सय जना सम्मलाई सेवा दिन सकिने छ । रेष्टुरेन्टमा ११ जना रोजगाररत् रहेको अर्का संचालक अर्जुनप्रसाद मैनालीले बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




