पिपुल्स पावरकाे सेयर आज दिउँसाे बाँडफाँड हुँदै

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ भदाै । पिपुल्स पावरले बिक्रीमा ल्याएकाे सयरकाे बाँडफाँड आज दिउँसाे गर्ने तयारी गरिएकाे कम्पनीले जनाएकाे छ । सेयर दिउँसाे २ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीमा रहेकाे कार्यालयमा हुने भएकाे छ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे थियाे । रु १०० अंकित मूल्यकाे २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरीएकाे थियाे ।

निष्काशन गरीएकाे कुल सेयरबाट १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ । ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका रहेकाे छ । बाँकी रहने २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणका लागि रहेकाे छ ।

सेयरका लागि आवेदन दिने अन्तिम दिन भदाै ५ गतेसम्म १६ लाख ६ हजार ११० आवेदकले १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयरका लागि आवेदन दिएकाे थिए । जाे माग गरिएकाेभन्दा ७.९४ गुणा बढी हो। 

सेयरमा माग गरेकाेभन्दा बढी आवेदन परेकाेले बाँडफाँड गोलाप्रथाबाट हुने भएकाे छ । यस हिसाबले प्रत्येकले १० कित्ताकाे दरले सेयर हात पार्नेछन्। २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने उनीहरुमध्ये २ जनाले थप ११-११ कित्ता हात पार्नेछन् । बाँकी रहने १३ लाख ७६ हजार बढी लगानीकर्ताकाे हात रित्तै हुनेछ ।