
काठमाडौं, १२ भदाै । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत हकप्रद सेयरको एजेन्डा साधारणसभा लैजाने अनुमति पाएकाे छ । विद्युत नियमन आयोगले कम्पनीलाइ उक्त अनुमति दिएकाे हाे ।
कम्पनीकाे साधारणासभा भदौ १९ गते काठमाण्डौ नक्सालस्थित लिसारा बैंक्वेटमा बिहान साडे ११ः३० बजे बाेलाइएकाे छ । सञ्चालक समितिको बैठकले यसअघि स्थगित भएको आर्थिक वर्ष २०७६-७७ तथा आर्थिक वर्ष २०७७-७८ को वार्षिक साधारणसभा पुनः बाेलाइएकाे हाे ।
कम्पनीकाे १३ औं र १४ औं वार्षिकसाधारणसभाान १ः०.७५ काे रेसियाेमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेश हुने भएकाे छ। यसका लागि कम्पनीले गत साउन ८ गते विद्युत नियमन आयोगमा दिएकाे निवेदनकाे बारेमा आयोगकाे भदौ १० गते बसेकाे बैठकले हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाइ साधारणसभा लैजान सहमति दिएकाे थियाे ।
हिमाल दोलखा हाइड्रोपावरकाे भदौ ३ गते बाेलाइएकाे साधारणसभामा गणपूरक संख्या नपुगेपछि स्थगित गरीएकाे थियाे । साधारणासभाले प्रस्ताव पारित गरेपछि कम्पनीले हकप्रद सेयर जारि गर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




