पिपुल्स पावरकाे सेयर बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ भदाै। पिपुल्स पावर लिमिटेडले आज सेयर बाँडफाँड सम्पन्न गरेकाे छ। कम्पनीले २ लाख २९ हजार ४६८ जना सर्वसाधारण लगानीकर्तालाई सेयर बाँडफाँड गरेकाे हाे । मागभन्दा बढी आवेदन पेश भएकाेमा बाँडफाँड गाेला हालेर गरिएकाे छ।

सेयर प्राप्त गर्ने लगानीकर्तामध्ये २ जनाकाे भागमा जनही ११ कित्ता परेकाे छ । अरुसबैलाई १० कित्ताका दरले सेयर हात परेकाे छ । कम्पनीकाे सेरमा १५ लाख ५६ हजार ५२५ जनाकाे आवेदन परेकाे थियाे । उनीहरुमध्ये ५ हजार ११२ जनाको आवेदन अस्वीकृत भएकाे छ ।

प्रतिकित्ता रु १०० काे अंकित दरमा पिपुल्स पावरले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन तथा बिक्रीमा ल्याएकाे थियो ।

निष्काशित सेयरबाट ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । रुपैयाँ १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ ।

सर्वसाधारण लगानीकर्ताका लागि २२ लाख ९४ हजार ६८२ कित्ता रहेकाे थियाे । सेयर बाँडफाँडकाे नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड र पिपुल्ल पावरको वेबपेजबाट हेर्न सकिने भएकाे छ ।

यस्तै, सेयर बाँडफाँडकाे नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडकाे वेबपेज https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ। पिपुल्स पावर लिमिटेडले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हाे ।