
काठमाडौं, १३ भदाै । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर पुनः लिलामी बिक्रिमा ल्याउने तयारी गरेकाे छ । कम्पनीले भदौ २० गतेबाट साे परिमाणकाे संस्थापक सेयर बिक्रीमा ल्याउने भएकाे हाे।
कम्पनीले तेस्रो पटक बिक्रीमा ल्याएकाे बिक्री नभएकाे संस्थापक सेयरलाई पुनः लिलामी बिक्ररीमा ल्याउने भएकाे हो । यसका लागि व्यक्ति, संस्था र कम्पनीले असोज ४ गतेसम्म आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले यसमा सहभागि हुन बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्सालबाट बोलपत्र आवेदन फाराम भरेर पेश गर्न सक्नेछन्। साथै उनीहरूले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन पाउने छन् । लगानीकर्ताले रू १०० लाई बनाएर बढाबढमा जानु पर्नेछ ।
यस्तै ग्लोबल आइएमई बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा रहेका शाखाहरूबाट आवेदन पेश गर्न सक्नेछन् । लगानिकर्ताले घटीमा १०० र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




