सुनचाँदीको भाउ घट्ने क्रम कायमै, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार पनि सुनचाँदीको भाउ घटेको थियो । आईतबार छापावाल सुनमा रुपैयाँ ७०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट आएकोमा आज सोमबार छापावाल सुनमा ६ सय रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँ नै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५ सय तोकेको छ जुन आइतबार ९५ हजार १ मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनमा पनि रुपैयाँ सोमबार ६ सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा सोमबार १५ रुपैयाँले गिरावट आएको छ । आइतबार १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।