बढ्यो सुनको भाउ, चाँदीको भने स्थिर

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदाै । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा सामान्य बृद्धि भएको छ ।

चाँदीको भाउ यसदिन स्थिर रहेको छ । छापावाल सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ । सेताे धातु चाँदीको भने सोमबारकै भाउ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनको भाउ रुपैयाँ ३०० ले बढेर तोलाको ९४ हजार ८०० रुपैयाँ पुगेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँ कायम भएर खरिदबिक्री भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले बढेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको रुपैयाँ ९४ हजार रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदीको सोमबार कायम भएको भाउ तोलाको रुपैयाँ १ हजार १४५ मा नै कारोबार भईरहेको छ ।