राप्ती हाइड्रोकाे ६१ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदाै । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर नेप्सेमा सूचीकृत भएकाे छ। सेयर सूचीकृत भएपछि कम्पनीकाे सेयर बुधबारबाट दाेश्राे बजारमा आउने भएको छ। 

कम्पनीकाे कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हाे । यसअघिकाे चलन अनुसार कुनै पनि कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएपछि त्यसकाे भाेलिपल्टबाट दोस्रो बजारमा कारोबारमा आउने गरेकाे छ । 

कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएकोमा त्यसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता रहेकाे छ । सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता तथा स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता रहेकाे छ । 

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको गएकाे असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गरिएकाे थियाे । जसकाे बाँडफाँड गत साउन ९ गते सम्पन्न भएकाे थियो। यसकाे बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको थियो।

कम्पनीले आरएचजीसीएल संकेत पाएकाे छ। पहिलो कारोबारका लागि न्यूनतम १०६.३५ रुपैयाँदेखि बढीमा ३१९.०५ रुपैयाँ तोकिएकाे छ। नेप्सेकाे प्रि–ओपन सेसनमा ताेकिएकाे मूल्यमा सेयरकाे काराेबार भए सेयर नियमित काराेबारकाे सूचीमा रहनेछ ।