
काठमाडौं, १४ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन पनि नेपाली सेयर बजार सकारात्मक लयमा गएको छ । नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्तामा खुसि ल्याएकाे छ । कारोबार रकम भने अघिल्ला दिनको तुलनाान झन् घटेको छ ।
यसदिन ६ उपसमूहमा रातो लाग्दा ७ वटामा हरियो लागेको छ । लगातार ओरालो लाग्दै आएको सेयर बजारकाे सोमबार उकालो लागेको यात्रामा आजको पनि उस्तै दृश्यले लगानीकर्तामा थप हौसला बढाएको भएपनि यसको दीर्घकालिन समाधानकाे बारेमा भने ढुक्क बन्ने अवस्था छैन ।
संयोगले हरितालीका तीजको दिनमै नेप्सेमा सामान्य बृद्धि भएको छ । नेप्से परिसूचक २.३३ अंकले बढेको छ । यसरी बढेको नेप्से १९९५.३४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेर ३८८.९५ विन्दुमा पुगेको छ ।

सोमबार कारोबार गर्ने संख्या पनि बढेर २२६ भएको छ । २९ लाख १४ हजार ५०५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ६ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको ९ करोड ५७ लाख ७२ हजार ५७५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

अप्पर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशतले बढेर ३ सय ८५ रूपैयाँ पुगेको छ । विन नेपाल लघुवित्त लिमिटेडको सेयरमूल्य सबैभन्दा बढि ४.७७ प्रतिशतले घटेर ९ सय ९९ रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




