‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ काे बिक्री खुल्ला

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदाै । हिमालयन बैंकले आजदेखि वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन तथा बिक्रीमा ल्याएकाे छ ।

बैंकका अनुसार ऋणपत्रको अवधि ७ वर्षकाे रहेकाे छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारि गरेकाे हाे ।

कुल ऋणपत्रबा६ १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बैंकका अनुसार १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रबाट ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।

लगानीकर्ताले ऋणपत्र खरिदका लागि भदौ १९ गतेसम्ममा आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म आवेदन नपरेकाे खण्डमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । ऋणपत्रमा लगानीका लागि लगानीकर्ताले घटिमा २५ र बढीमा २ लाख ५० हजार कित्तासम्म माग गर्न पाउनेछन् ।

बैंकलाई केयर रेटिङ्ग नेपालले मध्यम कर्जा जोखिम रहेकाे ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व समयमा पूरा गर्न सक्ने र कर्जा जोखिम थाेरै हुने भन्ने संकेत हाे ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।