एकैदिन ८ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट देखिएको छ ।

नेपालाी चेलीहरु गरगहनाले सजिएको तीजको समापनकै दिनमा सुनचाँदीको भाउमा गिरावट भएको हाे। छापावाल सुनमा एकैदिन रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ८०० ले गिरावट भएर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८०० ले गिरावट भई तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भएर तोलाको १ हजार १३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।