
पोखरा, १५ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्षका दाबेदार पवन प्रजापति र उनको समूह यतिबेला व्यवसायीहरुको घरदैलोमा आफ्नो पक्षमा मत मागिरहेको छ ।
बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजारका व्यवसायीहरुसमक्ष पुग्यो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा आएर व्यवसायीहरुको हकहितको पक्षमा उनीहरुको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रजापति प्यानलले आफ्नो पक्षमा भोट मागिरहेको छ ।

अध्यक्ष प्रत्यासी पवन प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायीहरु यतिबेला सबैभन्दा बढि समस्यामा रहेको बताउँदै संस्थागत रुपमा आफू नेतृत्वमा पुगेपछि ती व्यवसायीहरुको समस्यालाई सहजीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
अहिले हामी सबैभन्दा ठुलो चुनौतीकाबीच संघको नेतृत्वमा आउनका लागि व्यवसायीहरुको माझमा पुगिरहेका छौँ । उनले भने व्यवासायिक र आर्थिक हिसाबले सबै व्यवसायीहरु ठुलो समस्यामा छन् । म निर्वाचित भएसँगै व्यवसायीहरुलाई सहज बनाउनका लागि वित्तिय क्षेत्रसँग समन्वय गरि संघको तर्फबाट काम गर्नका लागि तम्तयार छु । प्रजापतिले आफुसँगै आफ्नो समूह व्यवसायीहरुलाई तत्काल समस्याबाट बाहिर निकाल्नेगरि योजनाबद्ध रुपमा अगाडि आएको प्रस्ट पारे ।
बुधबार घरदैलोको क्रममा भेटिएका नेपाल औषधी थोक व्यवसायी संघ गण्डकीका अध्यक्ष रुद्रनारायण मल्लले प्रजापति प्यानलका उम्मेदवारहरुलाई प्रत्येक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा सहज हुने वातावरण निर्माण गर्ने गरि योजनाबद्ध रुपमा संघमा आउन सुझाव दिए ।
अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष अनिल श्रेष्ठले अघिल्ला नेतृत्वको तुलनामा अब आउने नेतृत्वले पोखरा उद्योग वाणिज्य संघमा अझै धेरै काम गर्नुपर्ने बेला भएको बताए ।
भदौ २४ र २५ गते हुने आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनका लागि पवन प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




