सिक्लेस हाइड्रोको सेयर बाँडफाँड सम्पन्न, रकम फिर्ता कहिले ?

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ भदाै । सिक्लेस हाइड्रोपावरकाे सेयर बाँडफाँड सकिएकाे छ। कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि जारी गरेकाे सेयर बाँडफाँड गरिएकाे हाे।

कम्पनीले जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुने प्रतिसेयर र १०० अंकित दरकाे ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियो। कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय जनताका लागि जारी गरिएकाे साे सेयर कम्पनीले बुधबार बाँडफाँड गरेको जनाएकाे छ ।

कम्पनीका अनुसार आंशिक बाँडफाँड भएकाे र बाँडफाँडमा नपरेको सेयरकाे रकम भदौ २० गतेदेखि आवेदककाे बैंक तथा वित्तीय संस्थाको खातामा पठाइने भएकाे छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ।