
काठमाडौं, १६ भदौ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारमा गिरावट देखिएको छ । सेयर बजारमा अहिले लगातार गिरावट भईरहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.०५ अंकको गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६६ अंकले घटेर ३८३.९३ विन्दुमा पुगेको छ ।
नेप्सेमा भएको गिरावटले लगानीकर्ताको मनोबल घटाएको छ । उसो त लगानीकर्ता एकता समाजले सरकारलाई आउने बिहिबारसम्मको अल्टिमेटम दिदैं नयाँ ब्रोकर लाइसेन्स प्रस्तावलाई पारित गर्न ध्यानाकर्षण गराईसकेको छ । यस कारणले पनि बजार छिट्टै सन्तुलन कायम हुनेमा ढुक्क हुने अवस्था भईसकेको छैन । लगानीकर्तालाई पहिले झैं फेरि पर्ख र हेरको स्थिति आईपरेको छ ।

यसदिन कुल २२५ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३९ लाख ५५ हजार ८८६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । होटल तथा पर्यटन उपमसूहको २४.८३ अंकले बढेको छ । विकास बैंकतर्फ ७.२१ अंकले, हाईड्रोपावरतर्फ १०.३८ अंकले, फाइनान्सतर्फ २१.६८ अंकले, नीर्जिवन बीमातर्फ ६२.१४ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्सतर्फ १.६९ अंकले, जीवन बीमातर्फ ५४.८१ अंकले बढेको छ ।

रातो लागेका उपसमूहहरु ६ वटा रहका छन् । बैंकिङ तर्फ २.१९ अंकले घटेको छ । व्यापारतर्फ ६.८१ अंकले, उत्पादनतर्फ ३.३४ अंकले, अन्यतर्फ २८.६३ अंकले, म्युचुअल फण्डतर्फ ०.०१ अंकले र लगानीतर्फ ०.११ अंकले घटेको छ ।

नेपाल टेलिकम कारोबारमा अब्बल बन्दै आईरहेको छ । कारोबारको आधारमा यसदिन सबैभन्दा बढी नेपाल टेलिकमको १२ करोड २७ लाख ५ हजार ६५६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक सेयरको मूल्य १० प्रतिशतले बढेर २ सय ७९ रूपैयाँ ५० पैसा पुगेको छ । साधारण सेयरको मूल्य ४०७ रुपैयाँ पुगेको छ । राप्ती हाइड्रो जनरल कन्सट्रक्सन कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशतले घटेर ३ सय ८ रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




