अर्जुन प्यानलका प्रतिवद्धताहरु महत्वपूर्ण र समय सान्दर्भिक छन् : व्यवसायी

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



पोखरा, १६ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको व्यावसायीहरुले बताएका छन् । उनीहरुले अर्जुन प्यानलका प्रतिवद्धताहरु महत्वपूर्ण र समय सान्दर्भिक रहेकाे बताउँदै जित सुनिश्चित रहेको बताए ।

चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यवसायी रामचन्द्र तिमिल्सिनाले युवा र सक्षम टिमको जीत पक्का रहेको सुनाए । टोपी बाजेको कपडाका सञ्चालक तिमिल्सिनाले युवा नेतृत्व आजको आवश्यकता रहेको बताए । नयाँ जोस र जाँगरकासाथ चुनावमा होमिएको टिमलाई व्यवसायीहरुले जिताउनेमा उनी विश्वस्त छन् ।

एउटा युवामा हुनुपर्ने जोस जाँगर उहाँले देखाउनुभएको छ त्यसैले उहाँलाई पोखराका व्यसायीहरुले विजयी गरानुहुन्छ,’ उनले भने, ‘प्रक्रियाले मात्र २५ गतेसम्म कुर्ने हो तर उहाँलाई हामीले बिजयी भएको ठानीसकेका छौ ।’ उनले आफ्नै पसलबाट टोपी झिकेर पदाधिकारीहरुलाई लगाइदिएर शुभकामना पनि दिन भ्याए ।

साँघुमुखभन्दा पहिलो टोली विशालबजार पुगेको थियो । विशाल बजारमा अर्जुन प्यानलको माहोल उत्कृष्ट थियो । आफूहरुको समस्या अर्जुन पोखरेल प्यानललाई जिताएमा समाधान गर्न सक्ने भन्दै उनीहरुले अभियानमै साथ दिएका थिए । सिंगापुर इन्टरप्राइजेजका सञ्चालक थम्मनसिंह गुरुङले अर्जुन प्यानलले बनाएको घोषणा पत्रमा भएका प्रतिवद्धताहरु निकै महत्वपूर्ण र समय सान्दर्भिक भएकाले साथ दिने बताए ।

ट्वीन्स कलेक्सनका सञ्चालक मनोहरी पौडेलले सक्षम र जुझारु नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताए । काम गर्न सक्ने खुबी भएका व्याक्तिहरुको टिमको विकल्प नभएको उनको भनाई थियो । आफू मात्र नभएर विशाल बजारभित्रका अधिकांस व्यावसायी अर्जुन पोखरेल प्यानलको पक्षमा रहेको उनले सुनाए ।

घरदैलो अभियानमा हिँडेको टिम विशालबजार, पालिखेचोक, साँघुमुख, महेन्द्रपुल, नयाँबजार लगायत स्थानमा पुगेर व्यावसायीहरुको समस्या सुन्दै मत मागेका थिए ।

उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् ।

यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।