सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न नेप्सेकाे निर्देशन

-



     सफल आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्ना सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न निर्देशन जारी गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति बुझाउन निर्देशन दिइएको हो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत संगठित संस्थाहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेश गर्नुपर्ने व्यवस्था रहेकोले त्यसै अनुसारको विवरण माग गरेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार तोकिएको समयभित्र वित्तीय विवरणहरु पेश नगर्ने सूचीकृत संगठित संस्थाहरुलाई नियमानुसार कारबाही गरिनेछ ।