पुनर्बीमा कम्पनीकाे सेयर आजदेखि दोस्रो बजारमा कारोबार

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ भदाै। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य आईतबारबाट नेपाल स्टक एक्सचेन्जमा समायोजन भइ नयाँ मूल्य निर्धारण भएको छ। कम्पनीकाे साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज भएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेकाे हाे।

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस सेयर समायोजन भएकाे हो। सेयरमूल्य समायोजनपछि कम्पनीको सेयरमूल्य ६६१ रुपैयाँ ९० पैसा भएको छ। समायोजित मूल्यका आधारमा आजै दोस्रो बजारमा सेयर कारोबार खुल्दैछ।

कम्पनीकाे शुक्रबार प्रतिकित्ता ६९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। साे सेयरमूल्यकाे आधारमा नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

कम्पनीले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेकाे छ । यसकाे ५ प्रतिशतले हुने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने यसअघि घोषणा गरिसकेकाे छ। बोनस सेयरणपछि कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्ने भएकाे छ।

कम्पनीले लाभांश पारित गर्नका लागि भदौ ३० गते साधारण सभा बाेलाएकाे छ । साधारण सभा काठमाडौं बबरमहलस्थित कार्की ब्याङ्केटमा पुर्वान्ह ११ बजे डाकिएकाे छ।