बढ्याे सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ भदौ। साताको सुनचाँदीको कारोबार हुने पहिलो दिनमा नै आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६०० ले बढेर तोलाको ९३ हजार ६०० कायम भइ काराेबार भइरहेकाे छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ६०० ले बृद्धि भएको छ । यसरी बढेको तेजाबी सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोरबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ११० रुपैयाँ पुगेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार १०५ रुपैयाँ कायम भई कारोबार भएको थियो ।